लक्ष्मीमार्गका ८० वर्षीय वृद्ध धिमालको उद्धार


बेलबारी, मोरङ / विगत लामो समयदेखि साहाराविहिन बेलबारीका एक वृद्धलाई आज सोमबार उपप्रमुख ढाका कुमारी पराजुली (तारा) को नेतृत्वमा स्थानीयवासीले उद्धार गरेका छन् । बेलबारी नगरपालिका ११, लक्ष्मीमार्ग स्थित जुराहका ८० वर्षीय लेखिया धिमाललाई उद्धार गरिएको हो ।सोमबार स्थानीयवासीको सहयोगमा धिमाललाई विराटनगर स्थित मानसेवा आश्रममा लगिएको छ । स्थानियबासीका अनुसार वृद्ध धिमाल अविवाहित हुन । धिमालको अहिले सम्म नागरिकता समेत बनेको छैन ।देशमा कोरोनाको त्रास फैलिएसँगै हेरचाह गर्ने कोही नहुँदा उनलाई उद्धार गरेर मानव आश्रम लगिएको उपप्रमुख पराजुलीले बताइन । कोही नभएका नगरबासीको लागि अभिभावकत्व प्रदान गर्नु नगरपालिको दायित्व रहेको समेत उनले बताएकी छन् ।

https://youtu.be/svMLFFbRA4M

प्रतिक्रिया दिनुहोस्