सुन्दरहरैंचामा पिएलहो ल्यब्रीकेटद्वारा ७० बेडको क्वारेन्टाइन निर्माण


विराटचोक, मोरङ/ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सुन्दरहरैंचामा विपत्ति आइलाग्यो भने नागरिकलाई उपचारमा सहयोग होस् भनी आइतबार पूर्वाञ्चल ल्युव आयल प्रालि (पीएलओ) ७० वटा बेड भएको क्वारेन्टाइन निर्माण गरेको छ ।

वडा नम्बर ८ मा रहेको दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टग्राम कर्भडहल मा ७० बेडको क्वारेन्टाइन निर्माण गरी नगरप्रमुख शिवप्रसाद ढकाललाई पीएलोका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले चामी हस्तान्तरण गरेको छन् ।

चाबी हस्तान्तरण गरिए पछि आवश्यक परेको खण्डमा यसलाई नगरपालिकाले सञ्चालन गर्ने छ । नगरपालिका भित्र महामारीबाट विपत्ति आएमा अस्पतालमा बेडको अभाव सृजना भइहाले यहाँबाट सबै सेवा सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको समेत निर्देशक दुलालले बताए ।

विश्वमा महाभारीले भयावह अवस्था लिने देखिएकाले होम क्वारेन्टाइनमा बस्न समेत उनले आग्रह गरे । यसै गरी आफ्ना कर्मचारीलाई निःशुल्क मास्क ग्लोब र सेनिटाइजर वितरण गरेका छन् ।

यसैक्रममा उनले वडा नम्बर ८ मा रहेका केही परिवारलाई मास्क वितरण गरेका छन् । मास्क किन्न जान नपाएकालाई गाउँमा गई मास्क वितरण गरेका हुन् । यसैक्रममा उनले कोरोनाका विषयमा सचेतना गराएका छन् । पीएलओले यस अघि सुन्दरहरैंचाका विभिन्न स्थानमा सेनिडाइजर सहित हात धुने धारा जडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्