बाइबल पढे कोरोना निको हुन्छ भन्दै भ्रम फैलाउने ५ जना पक्राउ


मोरङ, १६ चैत । बाइबल पढे कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने भ्रम फैलाउने ५ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरी सचेत गराएका छन् ।

कोरोनाको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्दै बेलवारी १० स्थित गोपाल राजवंशीले आफ्नै घरमा भेला गरी प्रार्थना गराएका थिए ।

प्रहरीका अनुसार लकडाउनको उल्लंघन गर्दै चर्चमा २० जना भन्दा बढी भेला भएर बसेका थिए । बाइबल पढे कोरोना निको हुन्छ भन्दै प्रार्थना गर्न लगाउने भ्रम फैलाउने ४ जना पुरुष सहित १ जना महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल वेस क्याम्प लक्ष्मीमार्गले जनाएको छ ।

सर्वसाधारणमा यस प्रकारको भ्रम नफैलाउन र घरमा बस्नु नै कोरोनाको सङ्क्रमण बच्ने उत्तम विकल्प रहेको सचेत गराई पक्राउ परेकालाई छाडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्