बेलबारीमा ब्राउन सुगरसहित दुई जना पक्राउ


बेलबारी, १५ चैत । इलाका प्रहरी कार्यालय बेलबारीले लागुऔषधसहित २ जना पक्राउ परेको छ । ९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा धनकुटा, छथरजोरपाटी गाउँपालिकाका वाड ६ सिधुवा बस्ने वर्ष २३ का मोहन खड्का र तेह्रथुम, लालिगुरास नगरपालिका वाड नं.६ वसन्तपुर वर्ष ५६ का रमेश कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका वाड नं.३ स्थित पूर्व पश्चिम लोकमार्गमा सवारी चेक जाँचमा खटिएका प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आएको २४ प ३२८७ नं. को मोटर साइकल चेक जाँच गर्दा शङ्कास्पद देखिए पछि शरीर खानतलासी गर्दा खड्काको पाइन्टको गोजीमा कालो सेतो प्लास्टिकमा प्याक गरेको ९ ग्राम ब्राउन सुगर भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुनराज बुढाथोकीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्