बेलबारी नगरका उपप्रमुख साथै लक्ष्मिमार्गबासीद्वारा एक वृद्धको उद्धार (फोटो फिचर)


बेलबारी, १५ चैत / बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा ८२ वर्षीय वृद्धको उद्धार भएको छ । बेलबारी वाड ११ लक्ष्मिमार्गमा स्थानीयको सहयोगमा पराजुलीले वृद्ध गोले तामाङको उद्धार गरेकी हुन ।

वृद्ध तामाङलाई विराटनगर स्थित मानवसेवा आश्रममा पुराइएको छ । स्थानीयका अनुसार करिब ४५ वर्ष देखी बेसहारा वृद्ध तामाङ लक्ष्मिमार्ग बस्दै आएका हुन । अहिले उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको छ । उनी उभिएर हिँड्न पनि नसक्ने अवस्थामा थिए ।अस्वास्थ्य र उमेरले पनि शरीर कमजोर भइसकेका बेसहारा वृद्ध तामाङलाई हेरचाह गर्ने कोही नभएको कारण उनलाई मानवसेवा आश्रम लगिएको उपप्रमुख पराजुली बताऊ छिन । पराजुलीका अनुसार स्थानीयहरूसँग खाना मागेर खाने गर्थे ।तर विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको असर नेपालमा पनि देखा परे पछि कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन नेपाल सरकारले लकडाउन लागु गरेकासँगै, सबै मानिस घरमा नै बसिरहेको बेला वृद्ध तामाङ भने खुल्ला सडकमा थिए । खुल्ला रूपमा बस्दा तामाङ अझ असुरक्षित हुने भएकोले आश्रम पुराइएको पराजुलीले बताइन ।बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको निःशुल्क एम्बुलेन्स सेवामा वृद्ध तामाङलाई आश्रम पुर्‍याएको हो । लकडाउनमा बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । वृद्ध तामाङलाई मानव सेवा आश्रम प्रवेश गराए लगतै नुहाइ धुवाई गरी आराम गराइएको थियो ।

भिडियो –

 

 

प्रतिक्रिया दिनुहोस्