यशुले कोरोना भाइरसबाट बचाउने भ्रम फैलाने पास्टर पक्राउ


पोखरा, १० चैत । सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना भाइरसबाट बच्न यशुको अनुयायी बन्नु पर्छ भन्दै भ्रम फैलाउने एक पास्टर पक्राउ परेको छन् । केशवराज आचार्य नाम गरेको पास्टरले प्रवचन गर्दै यशुका अनुयायीलाई कोरोना भाइरसले केही गर्न नसक्ने भन्द्र भ्रम फैलाएको कारण प्रहरीले पक्राउ गरेको हो ।

आचार्यको स्थायी ठेगाना जुम्ला भएता पनि हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउसमा बस्दै आएका थिए । सामाजिक सञ्जालमा आचार्यको भिडियो हेर्ने हो भने यशुको नाममा कोरोनालाई नास हुने आज्ञा गरेका छन् भने नर्कबाट आएको नर्कमा फिर्ता हुन कोरानालाई आग्रह गरेका छन् । उनले कोरोनाको शक्तिलाई निष्क्रिय पार्छु भन्दै यशुको नाममा कोरोना भाइरसको शक्ति निष्क्रिय भएको दाबी गरेका छन् । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार क्रिश्चियन धर्ममा प्रवेश गरे यशुले कोरोना भाइरसबाट जोगाउने भ्रम फैलाएको कारण प्रहरीले पक्राउ गरेको हो । प्रवचन गर्दै धर्मका नाममा भ्रम फैलाएकोमा उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्