लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीद्वारा नियन्त्रण (फोटो फिचर)


बेलबारी, ११ चैत / नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गरेको लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेका छन् । असुरक्षित रूपमा कुनै पनि सावधानी अपनाइ अत्यावश्यक काम नभएता बिना लकडाउन उल्लंघन गर्दै बाहिर यात्रा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएका हुन ।

सबैको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर सावधानी अपनाउन आग्रह गर्दै सचेत गराउने बताएका छन् । कोरोना भइरसदेखी सुरक्षित हुन सबैले सावधानी अपनाउन आग्रह पनि गरेका छन् ।

मोरङको बेलबारीमा पनि प्रहरीले लकडाउनको उल्लंघन गर्नेलाई सावधानी रहन अनुरोध गर्दै अत्यावश्यक काम बिना बाहिर हिँड्नेलाई सवारी साधन सहित नियन्त्रणमा लिइरहेका छन् । अत्यावश्यक काम भएको प्रमाण भए, परिचयपत्र खुलाए मात्र प्रहरीले हिँड्न छुट दिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुनराज बुढाथोकीका अनुसार लकडाउनको उल्लंघन गर्नेलाई सवारी साधन सहित नियन्त्रण गरिएको छ । २०० भन्दा बढी बाइक, अन्य चार चक्के केही सवारी साधनहरू नियन्त्रणमा लिएको निरीक्षक बुढाथोकीले बताएका छन् । उनले भने ‘लामो दुरीका यात्रुहरूलाई पहिचान गरी छाडिन्छ । अत्यावश्यक कामको लागि यात्रा गरेको परिचय प्रमाण भएकोलाई छाडिँदै छ । तर अरू यात्रुलाई नियन्त्रणमा लिएर सचेत गर्दागर्दै सावधानी अपनाउन आग्रह गर्दै छौ । पैदल यात्रुलाई पनि अत्यावश्यक काम बाहेक नहिड्न इलाका प्रहरी कार्यालय बेलबारीले आग्रह गरेका छन ।

सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ११ गते बिहान ६ बजे आज मङ्गलवार देखि चैत १८ सम्म लागू हुने गरी पुरै देश लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरूलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्