बाँकेको जमुनाह नाका एक साताका लागि बन्द


बाँके, ९ चैत । कोरोना भाइरसको रोकथामको लागि भारतबाट नेपाल भित्रिने पश्चिमी नेपालको संवेदनशील बाँकेको जमुनाह नाका एक साताका लागि बन्द गरिएको छ ।

कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरूलाई जमुनाहा नाकाबाट आवतजावत गर्न आजबाट रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् । उनले भने, ‘सामानहरू आउँछन् तर यात्रुहरू आउन–जान पाउँदैनन् ।’प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने बताएका छन् । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरूबिच आइतबार छलफल भएको थियो ।

छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए । यसअघि दुवै देशका अधिकारीहरूबिच नेपालगन्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरूको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्