चैत महिनाको विद्युत्, पानी र मालपोत शुल्क नतिर्दा लाग्ने जरिवाना मिनाहा हुने


काठमाडौँ ,६ चैत । कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने निष्कर्ष निकाल्दै सरकारले चैत महिनाको पानी, विद्युत् र मालपोत शुल्क नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

महसुल र राजस्व तिर्न धेरै मानिस भेला हुँदा कोरोना भाइरस बढ्न सक्ने निष्कर्ष निकाल्दै जरिवाना मिनाहा गर्न महसुल र राजस्व लिने कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिएका छन् । त्यस्तै बसपार्कजस्ता धेरै भीड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।

बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेक जाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्न नदिने योजनाका साथ अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्