जनकपुरधाम, ५ चैत । प्रदेश–२ को नाम र राजधानी टुङ्गो लगाउनका लागि मङ्गलवार भएको मतदानले पनि कुनै निष्कर्ष दिन्न सकेनन् ।
सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेस प्रदेश’ को पक्षमा मात्र ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ । एक मत बदर भएको छ प्रदेश–२ को प्रदेश सभामा १०७ सदस्य छन् । नाम स्वीकृत हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ । जसका लागि १०७ मध्ये ७२ मत पुग्नुपर्छ । प्रदेश २ मा सबै दलले आ–आफ्नो नाम प्रस्ताव गरेका थिए ।
नामको विषयमा सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले मधेस प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला भोजपुर प्रदेश र काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेस नाम प्रस्ताव गरेका थिए ।