वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको निधन


काठमाडौँ, १ चैत । वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिवार निधन भएको छ । डा. भण्डारीको निधन धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा भएको हो ।

८५ वर्षीय भण्डारीलाई निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिवार बिहान ११ः४५ मा निधन भएको अस्पतालले जानकारी दिएको छ । भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्