गोरखा, चैत १ । नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइरालाले काङ्ग्रेसभित्र विचार नभई भागबन्डाको लडाई रहेको बताएका छन् ।
कोइरालाले भने, ‘पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाई छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।’विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनको भनाइ थियो । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको भन्दै चर्को आलोचना समेत गरेका छन् ।
आफ्नो कार्यकाल सकिनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उनले बताए । ‘१४ औँ महाधिवेशनको मुखमा विभागहरू गठन गरेर केही काम गर्ने समय नै बाँकी रहँदैन’, उनले भने, ‘समयमा विभाग गठन गर्न सकेको भए त्यसले पार्टी हित हुने बताएका छन् ।