समुदायलाई भाड्न छोडेर मिल्न आउनुहोस् : अध्यक्ष जितेन राई


धरान, ३० फागुन । किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष जीतेन राईले असन्तुष्टका नाम समान्तर संगठनको अभ्यास गर्न खोज्ने समुहलाई समुदायमा बिद्धेष फैलाउन छोडेर मिल्न आउनु आग्रह गरेका छन् । किरात राई विद्यार्थी संघ सुनसरी सम्मेलनको साताैँ जिल्ला सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म अनुरोध गर्ने चाहन्छु, किरात राई विद्यार्थी संगठनलाई विभाजन गरेर, भद्रगोल र्सिजना गरेर, समुदायमा विद्धेष फैलाउन छोडेर मिल्न आउनुहोस् ।’
यस्तै संघकै पूर्व नेताहरू विभाजन गर्न लागिपरेको आरोप लगाए । ‘दुखकोसाथ भन्नुपर्छ, किरात राई विद्यार्थी संघले उठाएको एजेण्डाहरुलाई कम्जोर बनाउनको लागि संगठनकै पूर्व नेताहरू विभाजनतर्फ लागिपर्नु भएको छ ।’

उनले संघको मुद्दा र एजेण्डाहरुलाई कम्जोर बनाउने खेल किराती समूदायको लागि निकै दुःखको विषय भएको पनि उनले बताए । गतल प्रवितिहरुलाई छाडेर आजैको दिनबाट फेरी एक्यवदता भएर ‘किरात प्रदेश’को अभियानमा लाग्न पनि अध्यक्ष राईले अनुरोध गरे । समूदयालाई विभाजान गर्न नहुने पनि उनको तर्क थियो ।

यस्तै महासचिव राई राईले संगठनको अनुशासन, मर्यादा विपरित काम गर्नेलाई एकदुई पल्ट सम्झाउन बुझाउने सकिने तर निरन्तर उही कार्य दोहाेउने छुट संगठनमा कसैलाई नभएको बताए ।

धरान स्थित किरात राई यायोक्खा भवन यलम्बर स्मृति संग्रालयमा   संघको सातौँ जिल्ला सम्मेलनबाट नीता काङमाङकाे नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्