बेलबारीको नगरसभामा दुई ऐन पारित : खेलकुद विकास समिति गठन गर्ने बाटो खुल्यो


बेलबारी / दुई वटा ऐनहरू पारित गर्दै बेलबारी नगरपालिकाको पाँचौँ नगरसभा सम्पन्न भएको छ ।

दुई दिन सम्म चलेको नगर सभाले खेलकुद तथा सार्वजनिक सम्पत्ति , समन्धि ऐन पारित गरेको मेयर ज्ञानेन्द्र सुबेदीले बताए । नगरसभाबाट ऐन पारित गरेपछि खेलकुद विकास समिति गठन गर्ने बाटो समेत खुलेको छ भने सार्वजनिक जग्गाहरूको संरक्षण संवर्धन तथा प्रवर्धन गर्ने समेत बाटो खुलेको छ ।

यस्तै कोल्ड स्टोर, आईसिटि सेन्टर, फुटबल स्टेडियम, कृषि क्षेत्रको विशेष कार्यक्रम, कृषि कार्यक्रम, कृषि मार्ग, सामुदायिक भवन, हुलाकी मार्ग, मुलनहर कालोपत्रे, जनमार्ग, पृथविमार्ग, वडा नम्बर ४, ५ जोडने सडक निर्माणका लागि बजेटको व्यवस्थापन गरिदिन प्रदेश तथा सङ्घीय सरकारसँग नगसभले माग समेत गरेको मेयर सुबेदीले बताए । नगरसभामा अहिले गरिएका कामहरूको समेत समीक्षा गरिएको छ ।

यस्तै नगरसभाले फोहोरमैला व्यवस्थापन बिधुत उत्पादनका लागि लिभ्रा टेक्नोलोजी क्पनिसँग गरिएको सम्झौताको समेत अनुमोदन गरेको छ । केही दिन अघि मोरङका ६ वटा पालिकाहरूले ३ वटा योजनाको एकै पटक सम्झौता गरेका थिए ।

बेलबारी, सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकाले सम्झौता गरेका हुन् ।

सोलार प्यानलको प्रयोगबाट ६ वटा स्थानियतहले ६० मेगावाट बिजुली उत्पादन गर्ने समेत सम्झौतामा गरेका छन् । एक स्थानियतहमा १० मेगावाट बिुजुलि उत्पादन गर्ने गरी सम्झौता ६ पालिकाले गरेका हुन् । ६ वटै स्थानियतमा एसियाली विकास बैक एडिविको सहयोगमा प्राप्त हुने दमकल ल्याउनका लागि समेत सम्झौता गरिसकेका छन् ।

यस्तै बैशाक महिना भित्र विकास निर्माणका काम सक्नका लागि समेत मेयर सुबेदीले अन्य जनप्रतिनिधिहरूलाई निर्देशन दिएका थिए । गत असारमा भएको चौथो नगर सभाले वैशाख महिना भित्र विकास निर्माणका काम सक्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्