३७ जना सहसचिवहरूको सरुवा ( सुचीसहित )


काठमाडौँ,  २९ फागुन । सरकारले ३७ जना सहसचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरपालिकामा, राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा भएको छ ।

बढुवा भएकामध्ये सुरेशप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, भेषबहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, वैकुण्ठनिधि शर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा पदस्थापन भएको छ ।

ध्रुवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारु आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमामा पदस्थापन भएको छ । ध्रुव गैडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।

कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा, सरोजप्रसाद गुरागाईंलाई गृह मन्त्रालयमा, बाबुराजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।

यस्तै गृह मन्त्रालयमा पदस्थापन हुनेमा दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरी आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोशहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी छन् ।

ख्यामबहादुर थापालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, शङ्कर नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, विदुरप्रसाद खनाललाई धरान उपमहानगरपालिकामा, कृष्णबहादुर बोहोरालाई धनगढी उपमहानगरपालिकामा, नरनाथ गिरीलाई इटहरी उपमहानरपालिकामा सरुवा भएका छन् ।

यस्तै कृष्णप्रसाद लम्साललाई लोकसेवा आयोगमा, ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकामा, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, कविराज पौडेललाई हेटौंडा उपमहानगरपालिकामा, भूमिराज शर्मालाई वीरगन्ज महानगरपालिकामा पदस्थापन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्