काठमाडौँस्थित ‘काठमाडौँ भ्यु टावर’ का सञ्चालक पक्राउ


काठमाडौँ, २७ फागुन । प्रहरीले काठमाडौँस्थित ‘काठमाडौँ भ्यु टावर’ का सञ्चालक मनोज भेटवाललाई ७५ लाख १० हजार रुपैयाँ बराबरको बैकिंङ कसुर मुद्दामा पक्राउ गरेको छ ।

काठमाडौँ पुरानो बसपार्कस्थित २९ तलाको बहुउद्देश्यीय भ्यु टावर बनाउने ठेक्का पाएका जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक भेटवालले दिएको कम्पनीको ७५ लाख १० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीबिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो ।

परिसरले २८ माघमा उनीबिरुद्ध पक्राउसहित खोजी तीव्र पारेको थियो । परिसरमा मङ्गलवार आफै उपस्थित भएका भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भेटवालको खोजी सुरु भएपछि उनी भागेर भारतमा लुक्दै आएको पाइएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताएका छन् । उनलाई हिरासतमा लिएर थप अनुसन्धान हुने बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्