ऐतिहासिक धरहरा पुनर्निर्माण तीव्र गतिमा


काठमाडौँ, २७ फागुन । गोरखा भूकम्पले क्षति पुर्‍याएको नौ तलाको ऐतिहासिक धरहरा पुनर्निर्माण विसं २०७७ असोज महिनाभित्रमा सक्ने गरी तीव्र अघि बढेको छ ।

हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराएका छन् । दुई वर्षमा सम्पन्न गर्ने गरी रमन कन्सट्रक्शनले पुनर्निर्माणको जिम्मा पाएको थियो । जम्मा रु तीन अर्व ४८ करोड खर्च हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठुलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला,उचाइ ७२ मिटर र ४८ फिटको बेस रहने छ ।

प्रतिक्रिया दिनुहोस्