घाँस काट्न गएकी एक महिला मृत फेला


डोटी, २६ फागुन । जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा घाँस काट्न गएकी एक महिला मृतावस्थामा फेला परेकी छन् ।

घरनजिकको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीय राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्