कोरोना भाइरसका कारण होली प्रभावित


काठमाडौैं ,२६ फागुन । कोरोना भाइरसका त्रासका कारण विगतमा जत्ति होली यस वर्षको प्रभावित भएको छ ।

‘कोरोनाका कारण आज चहलपहल कम छ’, महानगरीय प्रहरी परिसर, काठमाडौँका डीएसपी होविन्द्र बोगटीले भने, ‘अहिलेसम्म काठमाडौँको सुरक्षा अवस्था शान्तिपूर्ण छ ।’जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडोंमा भिड जम्मा भएर होली खेल्न निषेध गर्ने निर्णय गरेको थियो ।

साथै, प्रशासनले सार्वजनिक रूपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि पनि अनिश्चिकालसम्मका लागि स्वीकृति नदिने निर्णय गरेको थियो । यही निर्णयका कारण पनि काठमाडौँमा सर्वसाधारणको चाप न्यून देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्