चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु


मकवानपुर, २४ फागुन । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु हुनुको साथै एक घाइते भएका छन् ।

भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीय श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ ।जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । चट्याङका कारण यस जिल्लामा एक वर्षमा ५०–६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्