झापा, २३ फागुन । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध विशेष अदालत काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार मुद्दा दायर गरेको छ ।
व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले चापागाईंविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
झापाको टांघनडुब्बास्थित बीओपीमा कार्यरत रहेको समयमा चापागाईँले उक्त रकम घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । अनुसन्धानको क्रममा चापागाईँले घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताएका छन् ।