ग्याँसका लागि लाइनमा बस्न नपर्ने : उद्योगमन्त्री लेखराज


काठमाडौँ, २३ फागुन । कोरोना भाइरसका कारण व्यवसायीले ग्याँस लुकाएको चर्चा चलिरहेका बेला उद्योगमन्त्री लेखराज भट्टले कोही सर्वसाधारणले ग्याँसका लागि लाइनमा बस्न नपर्ने बताएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनमा उनले फोन गर्ने बित्तिकै ग्याँस पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गरिने जानकारी गराएका छन् । आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए ।

उनले घरमा थप सिलिन्डर राख्नु नपर्ने पनि बताएका छन् । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्