प्रधानमन्त्री ओली आजदेखि हिँडडुल गर्न थाले


फागुन २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधवार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताएका छन् ।

प्रधानमन्त्रीका सबै ल्याब सूचकहरू सामान्य रहेको अस्पतालले जनाएको छ । त्यसै गरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा सङ्ग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्