नेपालमा मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने भ्रमणमा


काठमाडौँ, २२ फागुन । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । बिहीबार मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन् ।

मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।हिडन ट्रेजरले आफ्नो २५ औँ वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ ।

उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ । उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्