मास्क महँगोमा बेचेको वा लुकाएको पाइएमा पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्नुहोस्


काठमाडौँ, २२ फागुन । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्नसरकारले आग्रह गरेको छ ।

मास्क महँगोमा बेचेको वा लुकाएको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।

जुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिवाना तिराउने र मुद्दा चलाउने उनले बताए । गएको मङ्गलवारदेखि बजारमा अनुगमनमा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न पनि थालेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्