काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएपछि स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकले बताएका छन् । ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
हिजो (बुधवार) प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गर्न थालेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।हिजो ३ बजेदेखि आज बिहानसम्ममा ओलीले १२ लिटर पिसाब फेरिसकेको डाक्टरले जानकारी दिएका छन् । पिसाबको माध्यमबाट शरीरका विकार वस्तु बाहिर निस्किने चिकित्सकले जानकारी दिएका छन् ।