जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु


मकवानपुर, २२ फागुन । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
मृत्यु हुनेहरूमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाउँ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् ।

दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले बताएका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उनीहरूलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाउँ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहनुभएको छ । दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

बुधवार साँझ मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको बस शिखरकटेरीको गैरीभञ्ज्याङ दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्