कपिलवस्तु, २२ फागुन । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको दुई वटा जेसिभी, स्काभेटर र स्कारपियो गाडीमा आगजनी भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा गए राति अज्ञात समूहले ती सामग्रीमा आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।
आगो किन र कसले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेका र घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ ।