हेटौडा, २१ फागुन । हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले चार करोड २७ लाख रुपैयाँ मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हेटौँडा–१५ रातोमाटेबाट किलो केजी २८९ ग्राम ३५० मिलिग्राम सुनसहित अब्दुललाई मङ्गलवार पक्राउ गरेको हो । काठमाडौँबाट वीरगन्जतर्फ गइरहेको ना ६ ख ७८७२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा अब्दुलको झोलामा फलामको ब्यारिङ भेटिएको थियो। ब्यारिङभित्र लुकाएर राखिएको अवस्थामा सुन फेला परेको हो ।
पक्राउ अब्दुललाई बरामद सुनसहित थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा) पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।