काठमाडौँ, २० फागुन । दुई वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका १९ जना सांसद आज (मङ्गलवार) बिदा हुँदै छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, प्रतिपक्षी समाजवादी पार्टी, राजपाका गरी १९ जना सांसद आजदेखि घर फर्कन लागेका हो ।
राष्ट्रियसभा बैठकमा बिदाइ हुन लागेका सांसदले दुई वर्षे कार्यकाल कस्तो रह्यो भन्ने अनुभव सुनाउनुकोलागि पाँच मिनेट समय दिइएको छ ।
अर्थमन्त्री युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलगायत १९ जनाको कार्यकाल आज सकिन लागेको हो । राष्ट्रिय सभाका लागि १९ जना नयाँ सांसद निर्वाचनबाट आइसकेका छन् । उनीहरूलाई बुधवार शपथ ग्रहण कार्यक्रम छ ।