बेलबारी, २० फागुन / मोरङका ६ वटा पालिकाहरूले ३ वटा विकासे योजनाको एकै पटक सम्झौता गरेका छन् । लिभ्रा टेक्नोलोजी तथा वाकफाइल्ड इन्टरनेश्नलनामक गैरसरकारी संस्थासँग सम्झौता गरेका हुन् ।
फोहोर मैला व्यवस्थापन, बिधुत उत्पादन तथा आधुनिखालका दमकलहरू ल्याउने गरी मगलवार मोरङको बेलबारीमा सम्झौता गरेका छन् । बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकाको तर्फबाट मोरङ अन्तरपालिका समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदी, लिभ्रा टेक्नोलोजीका श्याम पान्डे र वाकफाइल्ड इन्टरनेश्नलका डाइरेक्टर रोयल मिलरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दैनिक सङ्कलन हुने फोहोरबाट कुहिने फोहोर वाट मल तथा ग्यास उत्पादन गरी वैकल्पिक ऊर्जामा खपत गरिने गरी सम्झौता गरिएको मेयर सुबेदीले बताए । फोहोर मैलामा मिसिएर आउने फलाम, काँच, कपडा, टुटेफुटेका विद्युतीय सामग्री, प्लास्टिकका बोतलका साथै कार्टुनहरूको छुटै व्यवस्थापन गरिने समेत उनले बताए । फाहोरवाट मोहर बनाउने गरी सम्झौता गरिएको उनले बताए । सम्झौता गर्नु अघि लिभ्रा टेक्नोलोजीका श्याम पान्डे र वाकफाइल्ड इन्टरनेश्नलका प्रतिनिधिहरूले ६ वटै पालिकाको बस्तुगत अवस्था बुझेका थिए । उनीहरूले पालीकाबाट निस्कने फोहोर, त्यसको व्यवस्थापन, खेती योग्य जमिन, उद्योग कलकारखानाको अवस्था तथा नयाँ उद्योगको अवस्था बुझेका थिए ।
सोलार प्यानलको प्रयोगबाट ६ वटा स्थानियतहले ६० मेगावाट बिजुली उत्पादन गर्ने समेत सम्झौतामा गरेका छन् । एक स्थानियतहमा १० मेगावाट बिुजुलि उत्पादन गर्ने गरी सम्झौता गरिएको सुबेदीले बताए । हाइड्रो पावरबाट निकालिने बिजुली भन्दा आनै कम लागतमा बिजुली निस्कने भएकाले समेत बिधुतमा जोड दिएको स्थायिनतहरुको भनाइरहेको छ ।
यस्तै ६ वटै स्थानियतमा एसियाली विकास बैक एडिबीको सहयोगमा प्राप्त हुने दमकल ल्याउनका लागि समेत सम्झौता भएको सुबेदीले बताए । यस अघिनै बेलबारी तथा सुन्दरहरैचाले भने दमकल किनि सकेका छन् ।
सम्झौता भएको १ वर्ष भित्र तिन वटै योजनाहरू स्थानियतहलाई हस्तान्तरण गर्ने लिभ्रा टेक्नोलोजीका श्याम पान्डेले बताए ।फोहोरमैला ब्यस्थापनमा चुनौती थपिँदै गइरहेका बेला गरीउको सम्झौताले राहत मिल्नुका साथै स्थानीयले रोजगारी समेत पाउने विश्वास गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाले समेत मगलवारनै बेलबारीमा नै सम्झौता गरेको छ ।