अन्दाजी ७५ वर्षका परिचय नखुलेका वृद्ध मृत फेला


गुल्मी ,१९ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेका छन् ।

शवलाई पोस्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताएका छन् ।

त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शवको सदगत गरेको छ । कहीँ कतैबाट पनि मृतकको पहिचान हुन नसकेपछि बेवारिसे शवको सदगत गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिरमा बिरामी अवस्थामा फेला परेका नाम थर वतन नखुलेका व्यक्तिको गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्