क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना सङ्क्रमण नभएको पुष्टि


काठमाडौँ ,१९ फागुन । चीनको वुहानबाट उद्धार गरेका १७५ जनामा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ ।

१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्धार गरेको थियो । उनीहरूलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्