काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बिच पनि सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनीत गरेका छन् ।
सभापति देउवाले तोकेका विभागीय प्रमुखहरू एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनीत गरेका छन् ।
यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनीत गरिएको छ ।