२१ असल ट्याक्सी चालकलाई सम्मान


काठमाडौँ , १९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा भाडाकारमा छुटेका नगद, गरगहना र महत्त्वपूर्ण सामानहरू बुझाउने २१ असल ट्याक्सी चालकलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा युवराज राना मगर,यज्ञ प्रसाद बराल, कुल बहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सूर्य बहादुर तामाङ, कृष्ण बहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नवीन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् ।

चालकलाई सम्मान गर्नुहुँदै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्