पूर्व शिक्षकमाथि गोली प्रहार


काठमाडौँ, १८ फागुन । महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिका–३, का पूर्व शिक्षकमाथि मध्यरातमा शौच गर्न निस्किएका सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको छ ।

आइतबार बिहान २ बजे गोली प्रहार भएका यादव घाइते भएका छन् । महोत्तरीका डिएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट चाइनिज पेस्तोलको दुई राउन्ड गोलीका खोका र एक राउन्ड गोली बरामद गरेको छ । घटना कसले र किन गरायो भन्ने भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्