टिप्परले ठक्करबाट एक जनाको मृत्यु


पाल्पा, १८ फागुन । पाल्पा जिल्लाको माथागढी गाउँपालिका ५ मा शनिवार दिउँसो टिप्परले ठक्करबाट एक जनाको ज्यान गएको छ । ठक्कर दिँदा स्कुटर चालक रुपन्देही देबदह नगरपालिका ६ का ४६ वर्षीय तुलसिङ सिङकिजाको ज्यान गएको हो ।

टिप्परको ठक्करबाट घाइते भएका सिङकिजाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माथागढी बाट सुनवल जाँदै गरेको लु ४१ प १८९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २०३१ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्