बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारको क्रममा निधन


काठमाडौँ, १६ फागुन । कीर्तिपुरमा गुडिरहेको बा २ ख १८४० नम्बरको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारका क्रममा निधन भएको छ ।

सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका–४ घर भएका भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खसेको उनका काका टेकराजले बताएका छन् । आशिष कुलेश्वरमा रहेको आफू कार्यरत कार्यालय जाने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्