चितवन, १६ फागुन । आज शुक्रवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दे अध्यक्ष प्रचण्डले सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजान पार्टीले सिफारिस गरेको र त्यो सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो निर्णय मान्नै पर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्को अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने चेतावनी दिइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने गौतम नै राष्ट्रिय सभामा जाने बताएका छन् ।
तपाइर्हंरुले थाहा पाइसक्नु भएको छ । राष्ट्रिय सभामा एउटा सिट बाँकी छ । त्यो क्याबिनेटबाट प्रस्ताव गर्ने र राष्ट्रपतिबाट मनोनयन गर्ने । यसमा सचिवालयको सर्वसम्मत निर्णय अनुसार वामदेव गौतमलाई पठाउने भन्ने सुझाव सरकारलाई दिएको छ’, उनले भने, ‘सचिवालयले गरेको निर्णय प्रधानमन्त्रीले मान्नै पर्छ र मान्नु हुन्छ ।’