अभिनन्दन मण्डललाई चिन्नु हुन्छ ?


विराटनगर ,१६ फागुन । जिल्ला प्रहरी कार्यालय मोरङले हिजो बेलुका ७ बजे भारत घर बताउने अन्दाजी ६-७ वर्षीय बालकलाई निजको आफन्तलाई खबर गरी दिनु अनुरोध गरेको छ ।

विराटनगर ६ घाँसचोकबाट अभिनन्दन मण्डललाई फेला पारी बालहेल्पलाईन सिविन नेपाल बरगाछी दुर्गाचोकमा राखिएको छ ।

भारत घर भई मामको घर सितापुर, बुवाको नाम सन्तोष मण्डल बताउने अभिनन्दन चिन्नु हुने जो कोहीले पनि निजको आफन्तलाई खबर गरी दिनु हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्