विराटनगर, १६ फागुन । मोरङ जिल्ला विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट लागुऔषधसहित दुई जना श्रीमान् र श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पिचरा घर बताउने २६ वर्षीय दीपेश श्रेष्ठ र निजको श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् ।
जिप्रका मोरङबाट खटिएको मोबाइल टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप,नामक २६०(दुई सय साठी) पिस ला.औ. र सिरिन्ज थान ३ (तिन)सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।