काठमाडौं ,१५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र झुटो आरोप भन्दै निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका थिए ।प्रधानमन्त्री ओलीले भने अडियो सार्वजनिक गर्ने व्यक्ति (विजय मिश्र) फटाहा भएको पुष्टि भइसकेको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘कुनै अनाडी मान्छेले अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित छैन, केही छैन । तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा गर्नुभयो । हामीले राजीनामा स्वीकृत र्गयौं ।’
(कांग्रेसतर्फ संकेत गर्दै) अरुका नेतालाई मुद्दा लाग्दा सदन अवरुद्ध गर्ने गरेको तर नेकपामा झुटो मुद्दा लगायो भने क्या मजा भयो भन्ने गरेको भन्दै असन्तुष्टि जनाए ।