३८ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ


काठमाडौँ, १५ फागुन । प्रहरीले ३८ लाख रुपैयाँ ठगी गरेको भन्दै एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ हुनेमा रुपन्देहीको साबिक दूधराक्ष गाविस–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीष रहेकी छिन् ।

उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारेर तीन जनाबाट ३८ लाख रकम लिई सम्पर्क्बिहीन भएको प्रहरीले जानकारी दिएको छ ।

पीडित शिरबहादुर थापालगायतले दिएको निवेदनका आधारमा प्रहरीले उनलाई बुधवार तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी थप कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्