काठमाडौँ, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका बेला ओलीले काँग्रेस नेता कोइरालाले भेटवार्ता गरेका हुन् ।
बिहीबार बिहान करिब डेढ घण्टा भएको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएको स्रोतले जानकारी दिएको छ ।जवाफमा ओलीले विपक्षी दलले राजीनामा दिन सुझाउनु स्वाभाविक भए पनि आफू विरुद्ध पार्टी्भित्रैबाट षड्यन्त्र हुन थालेको गुनासो गरेका जनाइएको छ । कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाले गोकुल बास्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री समेत जोडिएको तथा सरकारमाथि अनेकन प्रश्न चिन्ह खडा भएको भन्दै पदबाट राजीनामा दिँदा उचित हुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
ओली पार्टीभित्र सङ्कट देखिएपछि अहिले आफू निकटस्थसँग पनि छलफल अगाडि बढाइरहेको बताइएको छ । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकोमा असन्तुष्ट ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहमतमा मात्रै आएको छ । कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी गर्न थालेका छन् ।