काठमाडौँ, १४ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्धसँगै रु ५० हजार जरिवाना गरिएको छ ।
एन्फाले आज विज्ञप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसँगको खेलमा सरस्वतीका कप्तान दीपेशले मिलेमतो गरेको आरोप लगाएको थियो ।
दीपेशले प्रतियोगिता नियमावली विपरीत काम गरेको भन्दै एन्फाले कारबाही गरेको हो । सरस्वतीले उक्त खेलमा हिमालयनलाई ४–३ गोलले पराजित गरेको थियो ।