नेपाली सेनाको भवन १० महिना बितिसक्दापनि मजदुरले भुक्तानी पाएन


काठमाडौँ, १४ फागुन । भूकम्पले भत्किएको भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तीन अर्व ५१ करोडको लागत भएको नेपाली सेनाको मुख्यालय भवन पुनर्निर्माण गर्ने केसी कन्स्ट्रक्सनले उद्घाटन भएको १० महिना बितिसक्दा मजदुरलाई भुक्तानी दिएको छैन ।

केसी कन्स्ट्रक्सन कुपण्डोलले निर्माण ठेक्का पाएको भवन क्वेष्ट सोलुसन नक्सालले सब कन्ट्याक्टरका रूपमा काम गरेको हो । क्वेष्ट सोलुसनमार्फत् पेटी ठेक्का लिएका २० जना कामदारले करिब २५ करोड नपाएको भन्दै मङ्गलबारदेखि नेपाली सेनाको मुख्यालय अघि ‘प्ले कार्ड’ सहित धर्ना सुरु गरेका छन् ।

निर्माण व्यवसायले एक वर्षदेखि काम गरेको पैसा पाउन नसकेको धर्नामा सहभागी पेटी ठेक्का लिएका रमेश सिवाकोटीले बताए ।

काम गरेको पैसा नपाएपछि दसैँअघि प्रधानसेनापतिको सचिवालयमा मौखिक एवं लिखित निवेदन दिँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्