समाजवादी पार्टी सखुवासभामा कवानसेन राई


सखुवासभा ,१३ फागुन । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँशत्ति पार्टी नेपाल बिच समायोजन भएपछि कमानसेन राईको अध्यक्षमा ६१ कार्यसमिति गठन भएको छ ।

साथै खाँदवारीको जी.वि.स हलमा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य दीपक याख्खाा , प्रदेश न.१ का सांसद आर सी थुम्बा , प्रदेश सदस्य लगायतको उपस्थिति रहेका थिए ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र किराँतीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्