शासकीय स्वरूप परिवर्तन गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन : पुर्वमन्त्री तामाङ


काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले शासकीय स्वरूप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।

पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ सबैको ध्यान जानुपर्ने बताए ।निर्वाचन जितेपछि जनताप्रति होइन, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्थाले भ्रष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्