प्रहरीले हराएको १७ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाए


बेलवारी, १३ फागुन । इलाका प्रहरी कार्यालय बेलवारीले हराएको १७ वटा मोबाइल सम्बन्धित व्यात्तिहरुलाई पत्रकार सम्मेलन गरी हस्तान्तरण गरेको छ ।

हराएको मोबाइल खोजताकको लागि दिएको निवेदनको आधारमा रौतहट, वीरगन्ज, सिन्धुली, धनकुटा , उदयपुर, झापा, सिराहा सप्तरी र मोरङबाट फेला पारी सम्बन्धित धनीलाई आज मङ्गलवार प्रहरी उपरीक्षक विश्व अधिकारीले हस्तान्तरण गरेका छन् ।

सुन्दरहरैचा–७ केशर चौधरी, सुन्दरहरैचा–१ राजेश भण्डारी, बेलवारी–२ रेनुका भट्टराई, बेलवारी–११ अनीश श्रेष्ठ, सुन्दरहरैचा–१० नीरज थापा, बेलवारी–३ तीर्थराज श्रेष्ठ, इटहरी–२ किशोर राई, ग्रामथान–६ सुरज चौधरी, सुन्दरहरैचा–८ सितादेवी राई, सुन्दरहरैचा–५ आशिष ढकाल, ग्रामथान–७ करण माझी, विराटनगरका भीम दाहाल, सुन्दरहरैचा–९ अरन्जेब महमद, बेलवारी–३ लक्ष्मी राई, सुन्दरहरैचा–७ भत्त बहादुर श्रेष्ठ, लेटाङ–८ स्वेता चेम्जोङ, बेलवारी–३ राधा मल्लिक रहेको छ ।

प्रहरीले रु.७ लाख बराबरको मोबाइल फेला पार्न सफल भएका छन् । मोबाइल प्राप्त गर्नेहरुल इलाका प्रहरी कार्यालय बेलवारीलाई धन्यवाद प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्