हराएको बाइक फेला पारी प्रहरीले धनीलाई बुझाए : चोरीमा संलग्न ३ जना पक्राउ


बेलवारी ,१३ फागुन । हराएको मोटरसाइकल फेला पारी इलाका प्रहरी कार्यालय बेलवारीले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ भने चोरी गर्ने तीन जना पक्राउ गरेको छ ।

मङ्सिर १९ गते राती हराएको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल लेटाङका प्रवर्धन राईलाई मङगलबार हस्तान्तरण गरेका हुन । राईले खुसी हुँदै नेपाल प्रहरीलाई धन्यवाद प्रदान गर्दै प्रशंसा गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै मोटरसाइकल चोरीमा संलग्न बेलवारी–३ बस्ने सुरज विक, सुन्दरहरैचा–४ बस्ने अमिर मोदी र उत्तम चौधरीलाई प्रहरीले सार्वजनिक गरेका हुन । गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल , माघ २७ गते सुन्दरहरैचा–४ चरीगुवा स्थित बाबुराम कार्कीको को १३ प ९४१२ नम्बरको मोटरसाइकल , लेटाङ स्थित प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको मोटरसाइकल फेला पारेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।

साथै गत ७ गते बेलवारी–३ स्थित बेवारिसे अवस्थामा इन्जिन न. JZYRJJ50547 र चेसिस नं.MD2B44BY5JPJO3991 भएको १२५ सिसीको डिस्कोभर मोटरसाइकल फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।

https://youtu.be/IZ_dVBg_GFk

प्रतिक्रिया दिनुहोस्